Thursday, 27th August, 2026
वि.स.

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु, एकको सनाखत हुन सकेन

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुष छन्। उनको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपरले पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकललाई आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझीलाई प्रहरीले पक्राउ गरेको छ। सासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif