Wednesday, 26th August, 2026
वि.स.

टिपरको ठक्करबाट एक जनाको मृत्यु

dead-body-1619606022.jpg

टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको बुधबार बिहान मृत्यु भएको छ ।नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । 

मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif