Thursday, 27th August, 2026
वि.स.

टिपरको ठक्करबाट एकको मृत्यु

accident-1616304375.jpg

टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ । 

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो । 

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif