Wednesday, 26th August, 2026
वि.स.

लायन्स लियो थाहा द्वारा झम्केश्वरिमा वृक्षरोपण

Anitt-1595057279.jpg

उत्तरी मकवानपुरमा सामाजिक कार्यमा सकृय संस्था लायन्स क्लब अफ थाहा पिस तथा लियो क्लब अफ पिस थाहानगर र लियो जिल्ला परिषद ३३५ बि १ नेपालको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

वृक्षारोपननमा सहभागीहरु ।

क्लबले थाहा नगरपालिका वडा नम्बर १ अवस्थित झम्केश्वरी माध्यमिक विद्यालकको खाली जमिनमा वृक्षरोपण गरेको हो । क्लबले विभिन्न प्रजातिका फुल , रुखहरु करिब १ सय १७ बोटबिरुवा रोपेको कार्यक्रम संयोजक लियो कविन अमात्यले जानकारी दिए ।

कार्यक्रममा लायन्स डिस्टृक्ट क्याबिनेट रिजन चियरपर्सन लायन भरत गोपाली, जोन चियरपर्सन लायन सुरेन्द्रमान प्रधान, लियो प्रेसिडेन्ट सफल प्रधान.  लियो रिजन कोअर्डिनेटर लियो अनन्त ढकाल, लियो ब्राण्डिङ चिफ लियो अनित बिष्ट लगायत क्लबका लायन्स लियोको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif