Thursday, 27th August, 2026
वि.स.

जेठ १२ देखि १५ गतेसम्म थाहानगरमा पूर्ण निषेध

Lockdown-1621775906.jpg
  • सुरेन्द्रमान प्रधान/थाहानगर

थाहानगरमा कोरोना संक्रमण दर डर लाग्ने गरी उकालो लागेपछि जेठ १२ गते विहानदेखि १५ गते राती १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । 

९ जेठमा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले नगरमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान खोजेपछि निषेधाज्ञालाई कडाइ गर्ने भन्दै जेठ १२ गते विहानदेखि १५ गते राती १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सिफारिस गर्ने निर्णय गरेको हो । लक्षण भएकाहरु र संक्रमितको कन्ट्राक्ट ट्रेसिङको आधारमा परिक्षणको दायरा बढाउदै लाने समेत निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, कृषि उत्पादन बाहेक सबै व्यवसाय बन्द रहने छन् । हाल हरेक दिन विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक वस्तु ९खाद्यान्न, तरकारी, दूध, माछा मासु० पसल खुल्ला गर्न छुट थियो । तर, अब जेठ १२ गतेदेखि यी सबै पसलहरु पूर्णरुपले बन्द हुनेछन् । कोहि कसैलाई दैनिकी चलाउन समस्या भएमा वडाध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघलगायतमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

कृषि उत्पादनका लागि कृषक पनि घरबाट खेतबारी, तरकारी गोदामसम्म र गोदामबाट सिधै घरसम्म मात्र आवतजावत गर्न सक्नेछन् । तर, यी सबै अवस्थामा पूर्ण रुपले स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ । 

बैठकले एम्बुलेन्स, प्रेसका सवारी, तरकारी निकासीका सवारी बाहेक अन्य सबै खाले सवारी संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ । यसबीचमा, नगर बाहिरबाट आउने सवारी साधन समेत निषेध गर्ने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा कोरोना संक्रमण अवधिमा लगाइने सबैखाले निषेधाज्ञा अवधिभर पसल सिल गर्ने निर्णय गरेको छ । 
८ जजेठसम्म नगरमा ३ सय ३६ जना संक्रमित भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif