Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जुवाखालबाट पक्राउ परेकामध्ये १५ वर्षीया किशाेरीले हालिन् अन्य जुवाडेलाई बलात्कार मुद्दा

IMG_20210609_192650-1623246859.jpg

हेटौंडामा कोठा भाडामा लिएर रक्सी खुवाउने देखि जुवा, रतास खेलाउने र  १५ वर्षिया बालिका बलात्कारसम्म  हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । हेटौंडाको मेनरोडमा तास खेल्दै गरेका पाँच जनालाई पक्राउ गर्दा यस्तो रहस्य खुलेको हो ।

सतास खेल्दै गरेको अवस्थामा पक्राउ गर्न जाँदा त्यही फ्ल्याटको कोठामा रक्सी पीउने गरेको, कण्डम समेत भेटिएको, तास, जुवा खेलाउने गरिएको र किशाेरीलाई बलात्कार गरेकोसम्मका रहस्य खुल्दै गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताए ।

हेटौँडामा जुवाको खालबाट पक्राउ परेकी युवतीले अरु ६ जनाका बिरुद्धमा जिल्ला प्रहरीमा आफूमाथि बलात्कार भएको भनेर जोहेरी दर्ता गराएकी छन् । १५ वर्षिय किशोरीले आफूलाई तास खेल्नेहरुले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

ृमकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ब्यक्तिहरु विरुद्ध सोही खालबाटै पक्राउ परेकी एकजना किशाेरीले बलात्कारको मुद्धा दायर गरेकी छिन् ।

पक्राउ परेका ६ जना बिरुद्ध बन्दक बनाएर बलात्कार गरेको भन्दै किशाेरीले मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालका अनुसार किशाेरीले आफूलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरीको आधारमा मुद्धा दायर गरिएको हो ।

प्रहरीले किशोरीको उजुरीको आधारमा पक्राउ परेकाहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा २५ जेठमा हेटौैँडा ४ बाट ४० बर्षीय रुस्तम कोईराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेल तथा मुद्धा दायर गर्ने किशाेरीलाई पनि पक्राउ गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको उजुरीका आधारमा ५० बर्षीय अख्तर हुसेनलाई पनि २६ जेठमा पक्राउ गरेको छ । जनपत्रकाे सहयाेगमा



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०