Sunday, 23rd August, 2026
वि.स.

जाेन्सन खाेप लगाएर घर पुगेपछि बेहाेस्, अस्पताल लैजाँदा बाटाेमै मृत्युु

death-1627047013.jpg

धादिङमा कोरोना विरुद्धको अमेरिकी जानसेन खोप लगाएलगत्तै एक वृद्धको निधन भएको छ । अमेरिकी जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाए लगत्तै वृद्धको निधन भएको हो ।

नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ स्थित सुनौलाबजारमा ८ साउनमा  जाेनसेन खोप लगाएपछि ७८ वर्षीय नरबहादुर श्रेष्ठको निधन भएको हो । खोप लगाएर घर फर्किएका श्रेष्ठको खोप लगाएको करिब ४० मिनेट पछि निधन भएको हो ।

खोप लगाएर घर पुगेपछि बेहोस भएर ढलेका श्रेष्ठको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो ।

श्रेष्ठको निधन खोपको कारणले वा अन्य केही कारणले भएको भन्ने विषयमा यसै भन्न नसकिने र त्यसका लागि अनुसन्धान गरिने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif