Sunday, 23rd August, 2026
वि.स.

जाेन्सन खाेप लगाएपछि मृत्यु प्रकरणमा अध्ययन शुरु

death-1627216312.jpg

गत ८ साउनामा धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले निर्माण गरेको खोप लगाएका एक वृद्धको मृत्यु प्रकरणमा अध्ययन सुरु भएको छ । 

जोन्सन एण्ड जोन्सन खोप लगाएको झण्डै पौने तीन घण्टापछि निलकण्ठ नगरपालिका ६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो । सुनौला बजार स्वास्थ्य केन्द्रमा खोप लगाएर आधा घण्टा आराम गरेर घरमा गएर बेहोस भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पुर्याएपछि उपचारका क्रममा २ः१५ बजे मृत्यु भएको थियो । वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए ।  

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुलेको छैन । मृतकको पोष्टमार्टम रिपोर्ट सहित खोप विज्ञ समूहले अध्ययन गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाएर वा अन्य कुनै कारण मृत्यु भएको भन्नेबारे अध्ययन पछि थाहा भन्न सकिने मन्त्रालयको भनाइ छ । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif