Thursday, 27th August, 2026
वि.स.

जाजरकोटमा भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

जाजरकोटको भेरी नगरपालिका(२ की वडासदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ।

भिरबाट लडेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भेरी(२ डिंगास्थित घरबाट वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन बाहुनथाना जाँदै गर्दा नेपाली भिरबाट लडेर घाइते भएकी थिइन्।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif