Friday, 21st August, 2026
वि.स.

जहाँ मुलुकमै अहिलेसम्मको बढि मतान्तरमा जितियो

Matat-1512805457.jpg

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए । यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् । प्रदेशसभा २ तर्फ एमालेका पशुपति चौलागाईको बिजय घोषणा हुन बाँकी छ । उनको जित निश्चित भइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif