nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जहाँ भए पनि देउखेलका युवाहरुको एउटै ध्यान, शुरु गरे मातृभूमि बचाउ अभियान

abhiyan-1622906912.jpg

कुनै पनि कार्यक्रम, योजना या अभियानको एउटा सन्दर्भ हुन्छ । अहिले कोरोना महामारीबाट आफू बाँच्ने र अरुलाई बचाउने सन्दर्भ छ  । यो सन्दर्भबाट थाहा नगरपालिका वडा नम्बर ७ देउखेलका युवा टाढा रहनसक्ने कुरै भएन । अनि शुरु भयो मातृभूमि बचाउ अभियान । 

शुरु शुरुमा कोरोनाबाट वडा सुरक्षित छ भन्ने खबर सुन्दा देउखेल घर भई हाल दक्षिण कोरियामा रहेका रामकृष्ण कार्की(सागर)लाई आफू पनि सुरक्षित भएझैँ महशुस हुन्थ्यो । त्यतिबेला समुदायमा मानिसहरु बिरामी भए पनि कोरोना जाँचिएको थिएन । जब स्वास्थ्यकर्मीहरु समुदायमै पुगेर जाँच्न थाले अनि पो थाहा भयो कोरोना भाइरस भित्रभित्रै सल्किसकेको छ, भुसको आगो झैँ । अनि कार्कीले सोचे मातृभूमिको लागि केही त गर्नैपर्छ । 

साथीहरुसँग कुरा अघि बढ्दै जाँदा कार्कीको सोच एउटा अभियानमा बदलियो । अभियानका सारथीहरु भए बलबहादुर गोङ्बा, आशिष सिं ठकुरी , सिताराम कार्की र साथीहरु । अभियानमा सहभागी युवाहरुले जुटाएको रकमले २२ जेठमा एक हजार थान सर्जिकल मास्क, १४४ थान साबुन, ७५ थान डिजिटल थर्मोमिटर र १० लिटर सेनिटाइजर वडालाई हस्तान्तरण गरिएको छ । 

‘यो पहिलो चरणको सहयोग कार्यक्रम हो, हाम्रो अभियान जारी छ ।’ अभियन्ता रामकृष्ण कार्कीले थाहाटाइम्ससित भने । भर्खरै अभियान शुरु भएको र अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका थाहा–७ का युवाहरु  समेटिने क्रम बढिरहेको उनले बताएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)