Wednesday, 26th August, 2026
वि.स.

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

aago-1618908611.jpg

दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।

४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif