Monday, 24th August, 2026
वि.स.

जमेकाे पानी निकास गर्दा स्थानीयद्वारा ढुङ्गामुढा, १० प्रहरी घाइते

wdWm9kTaJ2gvBtG4f5rS-1626790146.jpg

धनगढीमा जमेको पानी निकास गर्न परिचालन भएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गरेका छन् ।

धनगढी उपमहानगरपालिका-३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी वडा नम्बर २ हुँदै मोहना नदीतर्फ निकास दिने क्रममा प्रहरीमाथि ५ साउनमा ढुंगामुढा प्रहार गरिएको हो।

स्थानीयले प्रहार गरेका ढुंगामुढाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत गरेर १० जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेपनि अवस्था खतरामुक्त छ । सो क्रममा आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको छ । अश्रुग्यास प्रहार गरेपछि भीड नियन्त्रणमा आएको थियो ।

लगातारको वर्षाका कारण विद्युत कार्यालय डुबान परेर विद्युत प्रवाह नै अवरुद्ध हुने अवस्थाकाबीच वडा नम्बर २ का स्थानीयले कल्भर्टमा ग्राभेल भरेर पानी रोकिदिएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यसअघि सोमबार पनि प्रहरीले बल प्रयोग गरेरै कल्भर्टमा हालिएको ग्राभेल जेसीबीको प्रयोग गरेर निकालेपछि जम्मा भएको पानी निकास भएको थियो । तर स्थानीयले मंगलबार फेरि कल्भर्ट बन्द गरिदिएपछि सोमबार रातिदेखि नै परेको पानीले विद्युत कार्यालय, हाटबजार लगायतको क्षेत्र डुबानमा परेको थियो ।

वडा नम्बर २ का स्थानीयले सो पानीले आफ्ना घरहरु डुबानमा पर्ने भन्दै विरोध गर्दै आएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित दिने निर्णय गरेको थियो । तर स्थानीयले लगातार विरोध र प्रर्दशन गर्न थालेपछि प्रहरीलाई समस्या भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०