Friday, 28th August, 2026
वि.स.

जबरजस्ती करणीको अभियोगमा मकवानपुरका एकजना पक्राउ

pakarau-1612682949.jpg

प्रहरीले जबरजस्ती करणीको अभियोगमा बागमती गाउँपालिका वडा नम्बर ३ घट्टेडाँडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भिमबहादुर मोक्तान रहेका छन् ।

मोक्तानलाई स्थानीय ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोक्तानले ती महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif