Sunday, 16th August, 2026
वि.स.

जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरकाे अध्यक्षमा जयराम रायमाझी

242371480_582196252819606-1632130774.jpg

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा थाहानगरका जयराम रायमाझी चयन भएका छन् । 

साेमबार साे संगठनकाे हेटाैँडामा सम्पन्न  प्रथम जिल्ला भेलाले रायमाझीकाे अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटि गठन गरेको हाे ।

भेला नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।

समितिको उपाध्यक्षमा श्याम सुन्दर महतो, बाल कुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक राखाल, कोषाध्यक्ष बिन्दा तितुङ र सह–सचिवमा लव थापा चयन भएका छन् ।

भेलामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपमहासचिव सूर्य तिवारी, बागमती प्रदेश अध्यक्ष कानुनलाल चौधरी, सचिव अमर लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०