Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याण माविले साधारणतर्फ पनि अनलाइनबाट कक्षा सञ्चालन गर्ने

jkmv-1622629881.jpg

कोरोना महामारीका कारण बैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सरकारले गरेको आग्रहअनुसार थाहा नगरको जनकल्याण माध्यमिक विद्यालयले साधारणतर्फ पनि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि १७ जेठबाट प्राविधिक धारका विद्यार्थीलाई अनलाइन माध्यमबाट कक्षा लिँदै आएको सो माविले अब साधारण तर्फका विद्यार्थीहरुलाई पनि समेट्ने भएको हो ।

विद्यालयले एक सूचना जारी गरी अब साधारणतर्फ पनि अनलाइनबाट कक्षा सञ्चालन हुने भएकोले सम्बन्धित शिक्षकहरुसँग सम्पर्क गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ  । 

हालको अवस्थामा अन्य बैकल्पिक विधिमध्ये अनलाइन कक्षा नै बढी प्रभावकारी हुने भन्दै सो विद्यालयका प्रधान अध्यापक सानोभाइ कार्कीले आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययन गर्ने वातावरण वनाउन र आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् । 

जनकल्याण माविमा हाल प्राविधिक धारतर्फ कक्षा ९–१२  बाली विज्ञान, डिप्लोमा कृषि र साधारणतर्फ मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०