Saturday, 15th August, 2026
वि.स.

जनकल्याण माविलाई १० थान कम्प्युटर सहयाेग

IMG_20210811_203142-1628694061.jpg

थाहा नगरकै जेठाे जनकल्याण माविलाई ठूलाे परिमाणमा कम्प्युटर सहयाेग गरिएकाे छ ।

२७ साउनमा विद्यालयमा आयाेजित एक कार्यक्रममा ६ थान डेस्कटप कम्प्युटर  र ४ थान ल्यापटप हस्तान्तरण गरिएकाे हाे । 

दिग्विजय विष्टकाे संयाेजनमा राेटरी क्लब अफ काठमाडौं वेष्ट, राेटरी क्लब अफ पाेखरा, सिटिजन बैंक, बिष्ट सेवा समाज र एसइबिएसकाे सहयाेगमा साे परिमाणमा कम्प्युटर हस्तान्तरण गरिएकाे हाे । साे  कार्यक्रममा नगर प्रमुखलवशेर विष्ट, उपप्रमुख  खड्ग गाेपाली, पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, दिग्विजय विष्ट,  शारदाभक्त रन्जित, सुरेन्द्रराज जाेशी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कम्प्युटर सहयाेगपछि जनकल्याण माविका प्रधानाध्यापक  सानाेभाइ कार्कीले साे सहयाेगले विद्यालयकाे शैक्षिक विकासमा महत्त्वपूर्ण याेगदान पुग्ने बताउँदै सहयाेगकाे पूर्ण सदुपयाेग गर्ने प्रतिवद्धता जनाए । उनले सहयाेगीहरुलाई स्वागत तथा धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानकाे अध्यक्षतामा भएकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif