Saturday, 15th August, 2026
वि.स.

जनकल्याण माविमा स्काउटको प्रथम तहको दीक्षान्त

scout-1637321585.jpg

थाहा नगरपालिकाको जनकल्याण माविमा स्काउट ट्रुपलाई प्रथम तहको दीक्षान्त कार्यक्रम ३ मङ्सिरमा सम्पन्न भएको छ । 

बागमती प्रदेश स्काउट समिति सदस्य अशोक सारु मगरको प्रमुख आतिथ्य तथा जनकल्याण माविका प्रधानाध्यापक एवम् इकाइ अध्यक्ष सानोभाइ कार्कीको सभाध्यक्षतामा दीक्षान्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका स्काउट ट्रुपलाई प्रमुख अतिथि मगरले दीक्षित गराएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि मगर, थाहा नगर स्थानीय स्काउट समितिका संयोजक गणेशमान श्रेष्ठ, प्रधानाध्यापक कार्की, स्काउट शिक्षक मिना महर्जन लगायतले शुभकामना दिएका थिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif