Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याण माविद्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक, ८ साउनसम्म परीक्षा आवेदन भर्नुपर्ने

jkmv-1626415251.jpg

थाहा नगरपालिकाको  जनकल्याण माध्यमिक विद्यालयले कक्षा ११ को सबै सङ्कायको अन्तिम परीक्षाको तालिका(रुटिन)–२०७७ सार्वजनिक गरेको छ । 

आगामी १४ साउनदेखि शुरु हुने गरी सो विद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको हो । दुई सत्रमा हुने परीक्षामा पहिलो सत्रअन्तर्गत् विहान ७ः३० देखि कृषि, विज्ञान र व्यवस्थापन सङ्कायका परीक्षाहरु र दोस्रो सत्र अन्तर्गत ११ः०० बजेदेखि मानविकी र शिक्षा सङ्कायका परीक्षाहरु सञ्चालन हुने  प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिए । 

मास्क, सेनिटाइजर र भौतिक दुरीसहित भौतिक उपस्थितिमै परीक्षा हुने विद्यालयले जनाएको छ । परीक्षा आवेदन फारम ८ साउनसम्म भर्न र १३ गते प्रवेश पत्र लिन विद्यालयले सम्बन्धित विद्यार्थीहरुलाई  सूचित गरेको छ । ८ गतेसम्म परीक्षा आवेदन नबुझाए ९ देखि १२ साउनसम्म बिलम्ब शुल्क लाग्ने पनि विद्यालयले जानकारी दिएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०