Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनकल्याणलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

JK-1615769948.jpg

स्थानीय तह स्तरीय तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उपाधि थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माविले हात पारेको छ । 

जनकल्याणले १७ स्वर्णसहित थाहानगरका १४ विद्यालयलाई उछिन्दै उपाधि हासिल गरेको हो । प्रतियोगितामा जनकल्याणले १७ स्वर्ण, १२ रजत र ८ काश्य पदक पाएको छ । जनकल्याणले उपाधि हासिल गरेसंगै नगद २५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र पाएको हो । यससंगै साविक विजेता जनकल्याणले राष्ट्रपति रनिङ शिल्ड आफ्नै बनाएको छ । यस विद्यालयले लगातार तीन वर्षसम्म प्रतियोगिता जितेको हो । 

प्रतियोगितामा बज्रवाराही मावि द्वितीय भएको छ । बज्रवाराही माविले ४ स्वर्ण, १ रजत र २ काश्य पाउन सफल भएको छ । यससंगै बज्रवाराही माविले नगद १५ हजार, मेडल तथा प्रमाण पत्र पाएको छ । थाहा–११ टिष्टुङको बागेश्वरी मावि तृतीय भएको छ । बागेश्वरीले ३ स्वर्ण, ७ रजत र ३ काश्य पदक हात पारेको छ । बागेश्वरीले नगद १० हजार मेडल तथा प्रमाणपत्र पाएको हो । त्यस्तै नाटेश्वर माविले ३ स्वर्ण, ३ रजत र १ काश्य पाएको छ भने पालुङको मत्स्यनारायण माविले २ स्वर्ण ४ रजत र ३ काश्य पदक पाएको आयोजक विद्यालयमा प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत भएको मेयरकप छात्रा भलिबल प्रतियोगितामा जनकल्याण माविले स्वणर््ा पदक पाएको छ । स्वर्ण पदक पाएसंगै जनकल्याणले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र पाएको छ भने प्रतियोगितामा रजत पदक पाउन सफल मत्स्यनारायण माविले नगद १० हजार, मेडल र प्रमाणपत्र पाएको छ । काश्य पदक पाएको बज्रवाराही माविले नगद ५ हजार मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै मेयरकप छात्र भलिबलमा बज्रवाराही माविलाई स्वर्ण, सुन्दरी देवी माविले रजत र स्वच्छन्द भैरव मावि चित्लाङले काश्य पदक पाएको छ । विजेताहरुले क्रमशः नगद १५, १० र ५ हजार तथा मेडल र प्रमाणपत्र पाएका छन् 

प्रतियोगिताका विजयीहरुलाई थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा थाहानगर क्षेत्रका राजनितिक दलका प्रमुख तथा प्रतिनीधिहरु, संघसंसथाका प्रमुख तथा प्रतिनीधिहरु, । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरको समेत सहभागिता रहेको थियो ।  कार्यक्रमको अवसरमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने निकायहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, प्रशिक्षकहरु लगायतलाई कदरपत्र दिइएको थियो । कार्यक्रम थाहानगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको सभाध्यक्षतामा भएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०