Tuesday, 25th August, 2026
वि.स.

जडिबुटी खोज्न गएका युवक भीरबाट लडेर बेपत्ता

b-1624259581.jpg

जडिबुटी खोज्न गएका गोरखाका एक युवक भीरबाट लडेर बेपत्ता भएका छन् । बारपाक सुलिकोट वडा नम्बर १ को लेकमा वनलसुन खोज्न गएका चुमनुब्री गाऊँपालिका-३ का २४ वर्षका सुरेन्द्र गुरुङ शनिवार दिउँसो ३ बजेतिर भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भीरबाट लडेर बेपत्ता भएका उनको खोजी गर्न सम्भव नभएपछि सँगै गएका अन्यले प्रहरीमा खबर गरेका थिए ।

प्रतिकूल मौसमका कारण भएका युवकको खोजीमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए। जडिबुटी खोज्न गएका अन्यलाई भने सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर धार्चे गाउँपालिका-४ लाप्राकमा उनीहरुको आफन्तकहाँ ल्याएर छोडिएको दाहालले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif