Monday, 24th August, 2026
वि.स.

छोरी जन्मेलगत्तै हत्या, आमा बुवासहित चार जना पक्राउ

baby-hatyara_Gm7o26pysb-1626200636.jpg

मोरङमा नवजात शिशुको हत्या अभियोगमा आमासहित परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन्। तर उनले बच्चीलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र उनका बुवाले संचालन गरेको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा खुस्वुका श्रीमान २८ वर्षीय अरुण मण्डल, बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल पक्राउ परेका हुन्।

उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०