Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

छोरीको खातामा मासिक एकसय

xori-1604468123.jpg

दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औँ बैठकले कार्यविधि पारित गरेको हो । ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ ।

उपमहानगरपालिकाले २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिकाभित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा गर्ने उपप्रमुख माया शर्माले जानकारी दिइन् । त्यसका लागि चालु आर्थिक वर्षमा बजेटसमेत छुट्याइएको छ ।

यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको उपप्रमुख शर्माले बताइन् ।जन्मेको पहिलो महिनामा रु एक हजार २०० र त्यसपछि हरेक महिना रु १०० का दरले खातामा रकम जम्मा हुनेछ ।

बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरूपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्ने उपप्रमुख आचार्यले बताए । बाल विवाह गरेमा भने त्यो रकम सरकारी खातामा फिर्ता हुनेछ । तत्काललाई मासिक रु १०० जम्मा गर्ने भए पनि आवश्यकताअनुसार कार्यविधि परिवर्तन गरेर रकम वढाउन सकिनेसमेत उपप्रमुख आचार्यको भनाइ छ ।
कार्यविधिअनुसार समयअगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाइ भएमा भने खातामा जम्मा भएको रकम सबै दिनुपर्ने उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०