Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

च्याउ खाएर बाबु-छोरा बिरामी परे, झारफुक गर्दा ज्यान गयो

Death-Body-1-1627181939.jpg

इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ ।

फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुले अनलाइनखबरसँग भने, ‘बिरामी परेपछि दुई/तीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।’

साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए ।

जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ । ‘च्याउको तरकारी बाबु-छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन,’ उनले भने, ‘धामीझाँक्री गर्नाले बाबु-छोरा बिते, बेलैमा अस्पताल लगेको भए यस्तो घटना हुँदैनथ्यो होला ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०