Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चोर भनेर टोलवासीले पिट्दा एकजनाको मृत्यु

111-1594969392.jpg

 काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एक जनाको ज्यान गएको छ ।

टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका थिए । प्रहरीका अनुसार गए राति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो ।

कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एक जना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।

एसएसपी ज्ञवालीले भने, ‘उनीहरु गोलढुङ्गामा पुग्दा कुकुर भुकेछ । कुकुर भुकेपछि उनीहरुले घरबेटीलाई गाली गर्न थालेछन् । त्यही क्रममा चोर भन्दै टोलका व्यक्तिहरुले आक्रमण गरे ।

आक्रमणमा छिरिङको मृत्यु भयो । उनीहरु चोर्न पुगेका थिए वा अरु कारण थियो, अनुसन्धान गर्दैछौं ।’ घटनाबारे अनुसन्धानका लागि दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०