Wednesday, 26th August, 2026
वि.स.

चेपाङ बालबालिकालाई न्यानो कपडा 

चिसोका कारण समस्यामा खेपिरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का चेपाङ्ग बालवालीकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 

आउदै गरेको ईसाई धर्मालम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसर साथै बालवालिकाहरु चिसो मौसममा न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको खबर पाएपछि हेटौडा १५ को साल्वेशन चर्च र साल्वेशन चर्च चितवन शाखाले बालबालिकाहरुलाई सहयोग गरेका हन् ।

वडा नम्बर ८ का ४० जना बालवालीकाहरुका लागि १० थान ज्याकेट र ३० थान ट्याकसुट वितरण गरेको साल्वेशन चर्च हेटौडाका पास्टर दिपक लामा भोलोनले जानकारी दिए । सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सेवा भाव देखाएकोमा खुसि ब्यक्त गर्दै आगामि समयमा वडा समेत अझै संबेदनशिल भएर लागि पर्ने ८ का अध्यक्षले बताए । 

पास्टरहरुलाई सम्मान 

मकवानपुरको दक्षिण भेग एकता जवान संगतीले पास्टरहरुलाई सम्मान तथा उपहार प्रदान गरेको छ । आउदै गरेको ईसाई धर्मालम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा दक्षिण भेगका १३ जना पास्टरहरुलाई सम्मान तथा उपहार प्रदान गरेको दक्षिण भेग एकता जवान संगतीका अध्यक्ष राजेन्द्र तितुङ्गले जानकारी दिए । 

हेटौडाको साल्वेशन चर्च हेटौडामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमार लामाको आथित्यतामा सो कार्यक्रम भएको हो । उपप्रमुख मिना लामाले आउदैँ गरेको ख्रिष्टमसको शुभकामना दिदैँ अग्रज पास्टरहरुले गरेको योगदान प्रसंसनीय रहेको बताइन् । 

पास्टरहरुले विगतमा भोगेको पिडा र संर्घषको प्रतिफल कै कारण हाल खुलेर आफुले मन परेको धर्म मान्नु पाएको बताइन् । उनले भनिन्, “अग्रज पास्टरहरु जिउँदो इतिहाँस हो, सबै पास्टरहरु प्रेरणाको स्रोत ह्न ।’ कार्यक्रम दक्षिण भेग एकता जवान संगतीका सृकय सदस्य मारिया बलले संचालन गरेकी थिइन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif