nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

चेपाङलाई कम्बल वितरण

कठ्याँग्रिदो जाडोमा कष्टपूर्ण जीवन गुजारिरहेका मकवानपुरको राक्सिराङ र काँकडा गाविसका १६ जना चेपाङलाई कम्बल बितरण गरिएको छ । 

महिला उत्थान तथा सीप विकास केन्द्र मनहरी ५ को समन्वयमा अपांग सेवा केन्द्र गोलढुंगा काठमाडौँले चेपाङ समुदायका लागि कम्बल बितरण गरेको हो । मनहरी ५ मा आयोजित कम्बल बितरण समारोहमा राक्सिराङ गाविस ८ र ९ नं वडा तथा काँकडा गाविस ४ नं वडाका चेपाङलाई कम्बल बितरण गरिएको महिला उत्थान तथा सीप विकास केन्द्रकी अध्यक्ष रिना राईले बताइन् । 

अपांग सेवा केन्द्रका लागि प्राप्त कम्बल केन्द्रमा रहेका अपांगहरुको सुझाव बमोजिम मकवानपुर पठाइएको हो । टेलिभिजनमा मकवानपुरका चेपाङको अबस्था नाजुक देखेपछि आफूलाई प्राप्त कम्बलहरु अपांग सेवा केन्द्रले महिला उत्थान तथा सीप विकास केन्द्रमार्फत मकवानपुर पठाएको बताइएको छ ।