Friday, 3rd July, 2026
वि.स.

चुरियामाईमा घेदुङ्को वडा इकाई कमिटि गठन

हेटौडा उपमहानगरपालिका १८ नं. वडा, चुरियामाईमा नेपाल तामाङ घेदुङको वडा इकाई कमिटि गठन गरिएको छ । रामबहादुर भोम्जनको नेतृत्वमा २१ सदस्य वडा इकाई कमिटि गठन गरिएको हो ।

उपाध्यक्षमा तारा लामा, सचिवमा सुरज घलान, कोषाध्यक्षमा कर्मसिं लो, सहसचिवमा मान बहादुर थोकर र सदस्यहरुमा धनबहादुर पाख्रिन, हरिबहादुर घलान, पदम बहादुर लो, माइता सिं गोले, भिम बहादुर पाख्रिन ,अष्ट बहादुर रुम्बा, मान बहादुर स्याङबो, श्याम भोलन, कुमार गोले, सोमबहादुर भोम्जन, बिशाल लामा, रामबहादुर रुम्बा, इन्द्रलाल भोलन र पंचबहादुर थिङ लगायत कमिटीमा रहेको छ ।

चुरियामाईको जाते स्थित नेमा होइसेर गुम्बामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ, मकवानपुरको जिल्ला अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल लामा घेदुङ मकवानुर जिल्ला अध्यक्ष महारत्न लामा, बमबहादुर थिङ, गुम्बाको प्रमुख लामा नरबहादुर लामा लगायतको सहभागी थियो ।

कार्यक्रम नबगठित वडा इकाई कमिटिको अध्यक्ष रामबहादुर भोम्जनको सभाअध्यक्षमा सम्पन्न भएको थियो ।