Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चुनावी अभियान समिक्षाः भिमफेदीमा एमालेको वर्चस्व

नेपाल कम्युनिष्ट पार्टी एमाले भीमफेदी गाउँपालिकाले स्थानीय तह चुनाव तयारीका लागि वडा–वडामा संचालन गरिएको अभियान सकिएको छ । एमाले भिमफेदी गाउँपालिकाले १३ चैत्रबाट शुरु गरेको अभियान समिक्षा सहित २५ चैत्रमा सकिएको हो । 

समिक्षा बैठकमा भीमफेदी गाउँपालिकाका संयोजक हिदम लामाले भीमफेदी गाउँपालिका एमाले अग्रस्थानमा रहेको ठहर गरेको छ । गाउँपालिकाको सबै वडामा एमालेकै वर्चस्व रहेको पनि बैठकमा समिक्षा भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले ३ नंम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्काको प्रमुख आतिथ्यमा भएको समिक्षा बैठकमा अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष महेश बर्तोलाको बिशेष आतिथ्य रहेको थियो । 

बैठकले भीमफेदी गाउँपालिकाका वडा नंम्बर १ भैसेका वडा संयोजक देबलाल गोले, वडा नंम्बर २ भैसेका वडा संयोजक काशिराम बज्यू, वडा नंम्बर ३ निबुवाटारका वडा संयोजक भरत सिं पाख्रिन, वडा नंम्बर ४ निबुवाटारका वडा संयोजक समिर श्रेष्ठ, वडा नंम्बर ५ भीमफेदीका वडा संयोजक शिवराज पुडासैनी, वडा नंम्बर ६ भीमफेदीका वडा संयोजक सिताराम थापा, वडा नंम्बर ७ कोगटेका वडा संयोजक राम प्रसाद सिंजाली, वडा नंम्बर ८ इपा पञ्चकन्याका वडा संयोजक पुष्प राज अधिकारी, वडा नंम्बर ९ नामटारका वडा संयोजक प्रतीनिधि रामहरी पराजुलीले वडाको बस्तुस्थिती पेश गरेका थिए । 

बैठकले स्थानिय निर्वाचनका लागि उम्मेदवार छनौट सिफारीस संयोजक तोकेको छ । तोकिएका संयोजकहरुमा भीमफेदी गाउँपालिका वडा नंम्बर  १ भैसेको संयोजकमा देबलाल गोले, वडा नंम्बर २ भैसेका संयोजकमा शिबहरी बर्तौला, वडा नंम्बर ३ निबुवाटारका संयोजकमा सानुकानछा लामा, वडा नंम्बर ४ निबुवाटारका संयोजकमा सोम बबहादुर लामा, वडा नंम्बर ५ भीमफेदीका संयोजक यदुनाथ पुडासैनी, वडा नंम्बर ६ भीमफेदीका संयोजकमा आशा सिलवाल, वडा नंम्बर ७ कोगटेका संयोजकमा सानुकान्छी सिंजाली, वडा नंम्बर ८ इपा पञ्चकन्याका संयोजकमा पुष्प राज अधिकारी, वडा नंम्बर ९ नामटारका संयोजक प्रतिनीधि हरीदेव बर्तौलालाई तोकिएको छ ।

त्यसैगरी उम्मेदवार छनौट सहजिकरण समितिमा ३ नंम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्का, अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्र्थी युनियनका केन्द्रिय उपाध्यक्ष महेश बर्तोला र जिल्ला कमिटि सल्लाहकार द्रोणभद्र पुडासैनीलाई जिम्मेवार प्रदान गरिएको छ । त्यस्तै स्वयमसेवक परीचालनमा युवा संघ क्षेत्रिय अध्यक्ष सागर पाण्डे, प्रचार प्रसारमा प्रचार प्रसार विभाग जिल्ला सदस्य सुरेन्द्र राज थिके, भीमफेदी गाउपालिका सचिब सानु थापालाई जिम्मेवार प्रदान गरेको छ ।

आर्थिक संकलन तथा परीचालनमा जिल्ला कमिटि सदस्य तथा भीमफेदी गाउँपालिका संयोजक हिदम लामालाई तोकेको छ । बैठकल यहि चैत्र २९ सम्ममा वडा अध्यक्ष लगायत खुल्ला सदस्य दुई, महिला सदस्य एक, दलित महिला सदस्य एक सिफारीस गर्ने तथा भीमफेदी गाउँपालिका लागि अध्यक्ष, उपाध्यक्ष सिफारीसका लागि तयारी सक्ने जनाइएको छ । अधिकांस वडामा उम्मेदवार चयन टुङ्गी सकेको र बाँकी केही वडामा पनि सहमती भएर सिफारीश आउने तयारी भइरहेको एमाले भीमफेदी गाउँपालिका कमिटि उपसंयोजक भगवती पुडासैनीले बताइन् । 

सुरेन्द्रराज थिकें/भिमफेदी
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)