Tuesday, 18th August, 2026
वि.स.

चुनावको मिति तत्काल घोषणा गर्न आग्रह

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न आग्रह गरेका छन् । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको बताउँदै उनले निर्वाचनबाट देशले निकास पाउने उल्लेख गरे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाइरहेको नेता ज्ञवालीको आरोप छ । प्रेस चौतारी मकवानपुरले १८ माघमा हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले प्रचण्डले बाहीर निर्वाचन गर्छु भन्ने अनि मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए ।

पत्रकार सम्मेलन प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको हो
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif