Sunday, 16th August, 2026
वि.स.

चित्लाङ–थानकोट सडक निर्माण सरोकार समिति विस्तार

chagiri-1636453404.jpg

चित्लाङ–चन्द्रागिरी–थानकोट सडक निर्माण सरोकार समिति विस्तार गरिएको छ । प्रदेश सभा सदस्य रमा आलेमगर संयोजकत्वको सरोकार समितिलाई ९ सदस्यीयबाट ३७ सदस्यीय बनाइएको हो । 

चित्लाङ थानकोट सडकअन्तर्गत् थानकोट–चन्द्रागिरी खण्डको ठेक्काको म्याद आगामी चैतबाट सकिने र सो अवधिमा गर्नुपर्ने काम ‘धेरै’ भएको भन्दै समिति विस्तार गरिएको हो । यसअघि समितिमा संयोजक मगर, सदस्यहरु रामशरण नेपाल, बिनोद बस्नेत, दिपक गोपाली, सुनिल गुरुङ, बिजय बस्नेत लगायत ९ जना रहेकोमा २२ कात्तिकमा बसेको समितिको बिस्तारित बैठकले २८ जना सदस्य थप गरी ३७ पु¥याएको हो ।

थपिएका सदस्यहरुमा बुद्धरत्न मानन्धर, दिलिप बलामी, राजन बस्नेत(पौवा), परशुराम बस्नेत, युवराज श्रेष्ठ, मनोजकृष्ण श्रेष्ठ गमाल, दिनेश बिडारी, रमेश बिडारी, जीवन गमाल, सुदर्शन लामिछाने, रामकृष्ण बस्नेत, कुमार बस्नेत, अजय बस्नेत, मोहनकाजी श्रेष्ठ, निरन लामा लगायत रहेको सरोकार समितिका सदस्य रामशरण नेपालले थाहा टाइम्सलाई जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०