nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ–थानकोट सडकमा चल्न थाले मोटरगाडी, आज चन्द्रागिरीमा खुशीयाली मनाइँदै

chagriri-1633753741.jpg

गल्छी, पहरा, खोल्छा र घुम्तीहरुलाई छिचोलेर चित्लाङ–थानकोट गणेशमान सिंह मार्गको चन्द्रागिरी–थानकोट खण्ड ‘क्लिएर’ बनाएपछि अहिले सोमार्गबाट मोटरगाडीहरु गुड्न थालेका छन् । कुनै बेला भरियाले मोटर बोकेर काठमाडौँ पु¥याउने बाटोमा सरर गाडी गुड्ने भएपछि थाहानगरबासी औधी खुशी भएका छन् । 

चित्लाङ–थानकोट सडकको नौखण्डे–चन्द्रागिरी खण्ड ‘मोटरेबल’ भए पनि विविध कारण चन्द्रागिरी–पानीघाट खण्डमा उल्झन भइरहेको थियो । सडक स्तरीकरणको ठेक्का भए पनि निर्माण कम्पनीले काम गर्न सकिरहेको थिएन । सडक खन्दा निस्केका ढुङ्गाको व्यवस्थापन अर्को समस्या बनिरहेको थियो । योबीच तत्कालीन बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालको सहजीकरणमा स्थानीय सरोकार समिति गठन गरेर ठेकेदारमार्फत् सडक स्तरीकरणको काम अघि बढाइएको थियो । २०७० सालमा संविधान सभा सदस्य निर्वाचित सुभाषचन्द्र ठकुरीले अहोरात्र खटिएर सडक निर्माणको ‘गाइड’ गरेका थिए । सरोकार समितिका सदस्यहरु र स्थानीय युवाहरु निर्माण सुरक्षाको लागि रातभर–रातभर बसेका थिए ।

बडो महत्व दिएर अबिराम खटिँदा दशैँको मुखमा सडक खुलाउन सकिएको र थाहानगरबासीको समृद्धिको ढोका उघार्न सकिएकोले सोही खुशीयालीमा आज चन्द्रागिरीमा एक प्रकारको ‘उत्सव’ मनाउन लागिएको सडक निर्माणका अभियन्तामध्येका एक बुद्धरत्न मानन्धरले जानकारी दिए । उनका अनुसार निर्माण सरोकार समितिमार्फत् भएका खर्चको विवरण पनि आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ  ।

चित्लाङ–थानकोट सडक सरोकार समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन, शुभकामना आदानप्रदान गर्न र खुशी साटासाट गर्न अहिले सयौँ व्यक्तिहरु चन्द्रागिरी भन्ज्याङ्तर्फ जाँदैछन् । कार्यक्रम ११ बजेलाई तय गरिएको आयोजकले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)