Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ–थानकोट सडकको खाजा बैंकमा थाहानगरका कार्कीले गरे ५० हजार सहयोग

madh-1607861896.jpg

मकवानपुरको थाहानगरलाई काठमाण्डौंसंग जोड्ने छोटो मार्ग निर्माणका लागि संचालन भैरहेको खाजा बैंकमा ५० हजार रुपियाँ सहयोग भएको छ । २८ मंसिरमा थाहा नगरपालिका वडा नम्बर २ का निर्माण व्यवशायी माधव कार्कीले उक्त सहयोग गरेका हुन् । 

निर्माण कम्पनीले चित्लाङ–थानकोट सडक समयमै सडक निर्माण सम्पन्न नगरेपछि २ महिना भन्दा अघिदेखि स्थानीय सरकोकार समितिले आवश्यक सहजीकरणमा निर्माण कार्य भैरहेको छ । सरकोकार समितिले निर्माण स्थलमा खटिने मजदुरहरुलाई दैनिक खाजा खुवाउन तथा खाजा बैंक अभियान संचालन गरिरहेको स्थानीय बुद्धरतन मानन्धरले जानकारी दिए ।

सहयोग पाएपछि मानन्धरले फेसबुकमा लेखेका छन्–‘थाहा न पा २ पालुङका निर्माण व्यवशायी माधव कार्की  (मेरो पुर्व विद्यार्थी) ले सेतोपहरा खण्डको सडक अवलोकन पश्चात् सहर्ष सडक निर्माण खाजा समितिको लागि रु.५००००/- पचास हजार प्रदान गरि भविष्यमा आवश्यक सहयोग प्रदान गर्दै जाने कुराले हामीलाइ भरोसा थपिएको छ।’
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०