Monday, 17th August, 2026
वि.स.

चित्लाङमा एमालेको जनपरिचालन अभियान

uml-logo-1483209366.jpg

थाहानगर/नेकपा एमालेको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ अन्तर्गत मकवानपुरको चित्लाङमा शनिबार कार्यक्रम सम्पन्न भएको छ । 
संविधान संशोधनको प्रस्तावलाई अस्वीकार गरेर सडक र सदनमा आन्दोलन गरिरहेको एमालेले मकवानपुरको विभिन्न गाउँमा अभियान संचालन गर्ने क्रममा शनिबार चित्लाङमा कार्यक्रम गरेको हो  ।
एमाले चित्लाङ गाउँ कमिटीका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर–२ का साँसद सुभाषचन्द्र ठकुरी प्रमुख वक्ताको रुपमा रहेका थिए । 
कार्यक्रममा बोल्दै ठकुरीले भने–‘संविधान कुनै हालतमा संशोधन गरिँदैन, अहिले बहुसंख्यक नेपालीले बनाएको संविधान कार्यान्वयन गर्ने बेला हो ।’ साँसद ठकुरीले एमालेको तर्फबाट उमेदवार भएर साँसद निर्वाचित भएपछि आफ्नो क्षेत्रमा गरेका विकास निर्माणको कार्यक्रमबारे चर्चासमेत गरे । 
कार्यक्रममा एमाले जिल्ला सचिबालय कमिटी सदस्य एवम् २ नं. क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला किमटी सदस्य  रामचन्द्र बल, इश्वर ढुंगाना, बुद्धरत्न मानन्धर, अनेमसंघ मकवानपुरका अध्यक्ष पार्वती राना, युवा संघ मकवानपुरका उपाध्यक्ष किरण बल, २ नं. क्षेत्रीय सचिब जीतबहादुर मगर, पूर्व गाविस उपाध्यक्ष हिराबहादुर गमाल लगायतले बोलेका थिए । 
एमाले चित्लाङ गाउँ कमिटी सचिब उत्तम लामिछानेले स्वागत गरेको कार्यक्रम पूूर्व गाविस अध्यक्ष लक्ष्मण रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा पाँच सय भन्दा बढी सहभागी थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif