Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चितवनमा शव भेटिएका व्यक्तिको सनाखत, सेनाको हुद्दा भएको पुष्टि

Death_Image-1626958604.jpg

भरतपुर महानगरपालिका–१७ सिमलडाँडा भन्ने ठाउँमा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको सनाखान भएको छ । मृत भेटिएका व्यक्ति धादिङ निलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा ३६ वर्षका भरत गुरुङ रहेको चितवन प्रहरीका डीएसपी सुर्य थापाले जानकारी दिए ।

प्रहरीलाई बिहान साढे आठ बजेतिर शव फेला परेको जानकारी आएको थियो । भरत चितवन आफन्तको घरमा आएको पत्ता लागेपछि आफन्तको घर भेटिएको र घरमा उनको झोलासमेत फेला परेको थियो । त्यही झोलामा रहेको कागजपत्रको आधारमा उनी नेपाली सेनाको महेन्द्र दल गणको हुद्दा भएको खुलेको हो । सो गण शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ रहेको डीएसपी थापाले बताए ।

डीएसपी थापका अनुसार मृत व्यक्तिको टाउकोमा गोली लागेको जस्तो देखिने घाउ छ । शवका आडैमा गोलीको एउटा खोका पनि भेटिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकको परिवारसँग सम्पर्क भइसकेको र शव बुझ्न उनीहरु भरतपुर हिँडेको जानकारी दिए । उनी जग्गा किन्ने भन्दै चितवन आएको परिवारका सदस्यले जानकारी दिएको डीएसपी थापाले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०