Tuesday, 25th August, 2026
वि.स.

चितवनमा मंसिर ७ र ८ गते जिसस महासंघ प्रदेश कमिटिको भेला

प्रदेश ३ का जिल्ला समन्वय समिति (जिसस)  महासंघको प्रदेश स्तरीय भेला चितवनमा आयोजना हुने भएको छ । 

जिसस महासंघ ३ नम्बर प्रदेश कमिटिको आयोजनामा आगामि मंसिर ७ र ८ गते चितवनको सौराहामा दुई दिने भेलाको आयोजना हुने भएको हो । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने भेलामा संघीय मामिला मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव तोयम राय, नगरपालिका महासंघका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्षलगायतको उपस्थिती रहने प्रदेश कमिटिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुखलगायत जिल्ला समन्वय समितिका सदस्यहरु, प्रदेश कमिटिका पदाधिकारीहरु तथा समन्वय अधिकारीसमेतको सहभागिता रहनेछ 

भेलाको तयारीका विषयमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् प्रदेश कमिटि अध्यक्ष रघुनाथ खुलाल, जिसस चितवनका प्रमुख एवम् प्रदेश कमिटि प्रवक्ता कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण बनलगायले छलफल समेत गरेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif