Thursday, 20th August, 2026
वि.स.

चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा

nised-1620970234.jpg

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा अाज राति १२ बजेबाट सकिँदै छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif