Sunday, 23rd August, 2026
वि.स.

चिकित्सकसहित ७ जनामा कोरोना देखिएपछि प्रदेश अस्पताल बन्द

karnali-1598517588.jpg

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । 

उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए । 

उनका अनुसार एक हप्तापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिने छ । हाल प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालमा २३ जना कोरोना संक्रमित उपचाररत छन् । साथै उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई अपिल गरेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०