Sunday, 5th July, 2026
वि.स.

चालकलाई कोरोना पुष्टि भएपछि हेटौंडामा दमकल सेवा प्रभावित

हेटौंडा उपमहानगरपालिकामा कार्यरत १८ जना कर्मचारी मध्यमा १० जना दमकलका चालक र यसमा सहयोगी कर्मचारी परेका छन् । 

दमकल सञ्चालन गर्ने सबै कर्मचारीमा कोरोना संक्रमण भएपछी अत्यावस्यक सेवा अन्तरगतको दमकल सञ्चालन गर्नका लागि नै समस्या सृजना भएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

दुईवटा दमकलका चालक चार जना र अरु ६ जना आगो निभाउने काममा खटिने कर्मचारी (फायर मेन) लाई हिजो कोरोना संक्रमण भएपछी दमकलको सेवा दिन समस्या भएको मेयर महतले वताउनुभयो । दमकलका चालक र आगो निभाउने कर्मचारी तालिम प्राप्त दक्ष व्यक्ति हुन् । तत्काल आगो लागिहालेमा घटना स्थलमा पुगिहाल्ने र आगो निभाउने काममा उनीहरु बषौदेखि खट्दै आएका छन् । उपमहानगरपालिकामा र आसपासका जिल्ला समेतमा २४ सै घण्टा सेवा दिइरहने कर्मचारी कार्यालयको आवास गृहमा वस्दै आएका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०