Thursday, 20th August, 2026
वि.स.

चार महिनादेखि घिसिङ बेपत्ता

सन्तबहादुर घिसिङ

इन्द्रसरोबर गाउँपालिका ४ फाखेल राकसखोलाकी एक बृद्ध चार महिनादेखि बेपत्ता भएका छन् ।

मानसिक सन्तुलन गुमाएका सन्तबहादुर घिसिङ फाखेलबाटै हराएका हुन् । उनी हेटौँडा जाने भन्दै गत असार ५ गते घरबाट निस्केका थिए । त्यसपछि कहीँकतै आफ्ना बुवालाई नदेखिएको छोरा सुनबहादुरले बताए ।

बुवा हराएपछि प्रहरीमा उजुरी गरेपनि हालसम्म फेला नपरेको बताइएको छ ।

७५ बर्षीय घिसिङको खोजीका लागि उनको परिवार विभिन्न स्थानहरुमा धाइरहे पनि फेला पार्न सकिरहेका छैनन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif