Monday, 24th August, 2026
वि.स.

चार दिनसम्म सातैजना यसरी ओडारमा भोकै बसे.

karnali-photo_20210619153-1624150369.jpg

जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन्। प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन्। 

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका-८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सातजना गत जेठ ३१ गतेदेखि सम्पर्कबिहीन भएका थिए। 

जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो। उद्धार गरिएकाले पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर अवस्थामा भेटिएका हुन्। उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट घर फर्काइएको थियो।

प्रहरीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भागेर ज्यान जोगाएका थिए भने अन्य सातजना चार दिनसम्म सम्पकविहीन थिए। 

जिल्ला प्रहरी प्रमुख थापाका अनुसार कुशे गाँउपालिका- ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का, धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन्। 

हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न सकेका छैनन्।   



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif