nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 22nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित

Sumargi-1509521014.jpg

चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित भएका छन्। नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान गरेका हुन्।

सांच फाउण्डेनको तत्वावधानमा आयोजित कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा हिन्दूजा फाउण्डेसन युके, इन्स्टिच्युट अफ डिरेक्टर इण्डिया, रविन ग्रुप अफ कम्पनीका अध्यक्ष विजय कारिया, डा. निकोलस ग्रे, ग्रान्ज होटल ग्रुप लण्डनका प्रबन्ध निर्देशक डोनी म्याथ्यु, प्रसिद्ध चिकित्सक डाक्टर साउमित्र रावतलगायत छन्।

यो सम्मान प्रतिष्ठित व्यवसायीसहित विशिष्ट व्यक्तित्वहरुलाई बर्सेनि प्रदान गर्ने गरिन्छ। सम्मानित भएपछि बोल्दै व्यवसायी सुमार्गीले समाजमा गरिएको लगानीले समाज रुपान्तरणमा कत्तिको योगदान पुग्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। ‘समाजमा लगानी गरेर हामीले कति कमायौँ, त्यो महत्त्वपूर्ण कुरा होइन,’ उनले भने, ‘समाज रुपान्तरणका लागि हामीले के गर्न सक्यौँ त्यो महत्त्वपूर्ण कुरा हो।’ कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकरहरुले आफ्नो प्रस्तुति दिएका थिए। हाउस अफ लर्ड्सका तर्फबाट ब्यारोनेस बर्माले रात्रि भोजको आयोजनासमेत गरेका थिए।