Sunday, 23rd August, 2026
वि.स.

चट्याङ लागेर १५ वर्षीय किशोरको मृत्यु

chatyang-1624601001.jpg

चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको बिहान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०