Wednesday, 26th August, 2026
वि.स.

चट्याङले लागेर एक जनाको मृत्यु

chatyang-1619080700.jpg

मोरङको कानेपोखरी गाउँपालिका–२ मा चट्याङले लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर ४० वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार घरनजिकै रहेको बारीमा गाईगोरु सार्ने क्रममा परेको चट्याङले लाग्दा सुकवती घाइते भएकी थिइन् । उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif