Wednesday, 26th August, 2026
वि.स.

चक्रवातको प्रभाव नेपालमा

w-1621403303.jpg

अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात ९समुद्री आँधी०को प्रभावले नेपालमा मौसममा बदली भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । 

वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवातको प्रभाव बुधबारदेखि शुक्रबारसम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमशः पूर्वतर्फ बढ्दै गएर बाहिरिने छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif