Tuesday, 25th August, 2026
वि.स.

घाटदेवीका विद्यार्थीहरुलाई न्यानो कपडा

थाहा नगरपालिका–२ स्थित घाटदेवी आधारभूत विद्यालयका एक सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । प्रमोद जोशीको  समन्वयमा नेपाली काँग्रेसले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुुर गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

सो अवसरमा हेटौंडा उपमहानगरपालिका काँग्रेस सभापति आनन्दराम पराजुली, जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्याय, नेपाली काँग्रेसका मकवानपुर  क्षत्र नं. २ का सभापति यतिराज सापकोटा, क्षेत्र नं. २ (क) का सभापति सुजन गोपाली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, दिव्यतारा वशुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सम्पर्क कार्यालय पालुङका संयोजक भरत गोपाली, व्यवस्थापक राममाया खत्री लगायतको उपस्थिति रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif