Friday, 3rd July, 2026
वि.स.

घरेलु मदिरा भट्टी सञ्चालकलाई १ लाख ४० हजार जरिबाना

gharelu-1612321653.jpg

चाँगुनारायण नगरपालिका- २ मा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने एउटा भट्टी प्रहरीले नष्ट गरेको छ।

चाँगुनारायण २ झौखेल बस्ने रिता दुवालको घरमा सञ्चालिन अबैद्य मदिरा भट्टी नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक शशिधर शर्माको कमाण्डमा गएको २० जना प्रहरीको टोलीले भट्टी नष्ट गरेको हो।

त्यसक्रममा एक हजार लिटर अवैद्य मदिरा, कच्चा पदार्थ एक हजार लिटर, साढे पाँच क्विन्टल सख्खर, मदिरा बनाउने भाँडा र ड्रम बरामद गरी नष्ट गरिएको डिएसपी गिरीले जानकारी दिए।

आन्तरिक राजश्वर कार्यालय जगातीले भट्टी सञ्चालक दुवाललाई एक लाख ३९ हजार पाँच सय जरिवाना गरेको छ। जरिवाना तिरेपछि दुवालाई छाडिएको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०