Friday, 3rd July, 2026
वि.स.

घरनजिकै जंगलमा फेला पर्‍यो १० दिनदेखि हराइरहेकी सम्झनाको शव

Death-body_20180901102757-1627217222.jpg

धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ।

१० साउन बिहान गजुरी गाउँपालिका वडा नम्बर ८स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

उनी गत १ साउनमा बेपत्ता भएकी थिइन्।

'१० दिनदेखि हराइरहेकी थिइन्। आज घर नजिकैको जंगलमा फेला परेको भन्ने खबर छ,' प्रहरी उपरीक्षक खड्काले भने।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सहितको टोली घटनास्थल पुगेको थियो। १० साउनमा आफन्तले उनको शव फेला परेको प्रहरीलाई खबर गरेका थिए।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०