Tuesday, 25th August, 2026
वि.स.

घरको ‘कुलदेवता’ विवादमा भाईकै हत्या

body-1623477869.jpg

घरको ‘कुलदेउता’ को विषयलाई लिएर भएको विवादमा महोत्तरीमा एक व्यक्तिले सहोदर भाइको हत्या गरेका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् । जेठ २६ मा रामचन्द्र र उनका परिवारका सदस्यहरु मिलेर लक्ष्मणलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

स्थानीयले उनलाई तत्कालै उपचारका लागि जनकपुर ल्याएका थिए । तर जनकपुरमा उपचार सम्भव भएन । सोही दिन हेलिकप्टरबाट काठमाडौं लगिएको उनको शुक्रवार मृत्यू भयो ।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनामा अनुसन्धान सुरु गरेको र संलग्नहरुको खोजी पनि गरिरहेको बताए । उनले भने, ‘घर छाडेरै सबै फरार भएका छन् । हामी खोजिरहेका छौं ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif