Wednesday, 26th August, 2026
वि.स.

घरको छतबाट लडेर महिलाको मृत्यु

d-body-1621143973.jpg


सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । 

छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । 

घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगन्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif